अस्वीकारोक्ति


नापी एप नेपाल सरकार वा अन्य कुनै पनि नेपाल भित्रका सरकारी कार्यालयको आधिकारिक एप होइन नापी एपले कुनै पनि सरकारी निकाय वा अधिकार प्राप्त सरकारी व्यक्ति वा सरकारी संयत्र / कार्यक्रम / सुबिधा को प्रतिनिधित्त्व गर्दैन । नापी एप वा एपमा प्रस्तुत गरिएका जानकारीहरुले कुनै पनि सरकारी अधिकारिकता प्रतिनिधित्त्व गर्दैन ।


यो विशुद्ध तेश्रो पक्षद्वारा विकास गरिएको एप हो ।




नापी एप "जस्ताको तस्तै" आधारमा उपलब्ध गराईएको एप हो । हामीले यसमा उपलब्ध भएका जानकारीहरु विभिन्न स्रोतहरुबाट जम्मा पारेका हौँ । तसर्थ, यसमा उपलब्ध भएका जानकारीहरुको विश्वनीयता, पर्याप्तता, पूर्णता वा उपलब्धताको हामी कुनै ग्यारेन्टी गर्न सक्दैनौं र साथै, यसको प्रयोग वा यसमा भएका जानकारीहरुको प्रयोगबाट भएको त्रुटीहरु वा छुटेका कुराहरु वा परिणामहरुको हामी कुनै पनि आधारमा जिम्मेवार हुने छैनौँ । कुनै पनि अवस्थामा, यसमा भएका जानकारीहरुको प्रयोग वा यो एपको प्रयोगबाट भएको कुनै पनि प्रत्यक्ष, अप्रत्यक्ष, विशेष वा परिणामिक हानिहरुको लागि नापी वा यसका विकासकर्ताहरु कुनै पनि हालतमा उत्तरदायी हुने छैनन् ।









नियमहरु र सर्तहरू / प्रयोगकर्ता सम्झौता


नापी एप प्रगोग गर्नु नै, तपाई / प्रयोगकर्ताले नापी एपको सबै "डाटा प्रयोग / गोपनियता नीति" र "नियमहरु र सर्तहरु / प्रयोगकर्ता सम्झौता" स्वीकार गरेको बुझिनेछ ।

नापी एपमा भएको कुनै पनि सुविधाहरु कुनै पनि बेला प्रयोगकर्तालाई जानकारी दिई / नदिई हटाउन सकिनेछ ।

❍ कुनै पनि अवस्थामा, यसमा भएका जानकारीहरुको प्रयोग वा यो एपको प्रयोगबाट भएको कुनै पनि प्रत्यक्ष, अप्रत्यक्ष, विशेष वा परिणामिक हानिहरुको लागि नापी र / वा नापी एपका विकासकर्ताहरु कुनै पनि हालतमा उत्तरदायी हुने छैनन् ।

नापी एपमा प्रस्तुत गरिएको "ब्लूप्रिन्ट सुविधा" को उपयोगबाट हुन सक्ने / भएको कुनै पनि प्रकारको क्षति / हानी-नोक्सानीको लागि नापी र / वा नापी एपका विकासकर्ताहरू कुनै पनि किसिमले उत्तरदायी हुने छैनन् ।

नापी एप भित्र / एपमा प्रस्तुत भएका / एपको लागि वा एपमा प्रयोगकर्ताले प्रस्तुत गरिसकेका सम्पूर्ण सामग्रीहरुको पूर्ण अधिकार नापी र / वा नापी एपका विकासकर्ताहरूमा निहित हुनेछ ।

❍ कुनै पनि "ब्लुप्रिन्ट प्रकाशन" अनुरोधहरू अनुमोदन / अस्वीकार गर्ने पूर्ण अधिकार नापी र / वा नापी एपका विकासकर्ताहरूमा निहित हुनेछ ।

❍ पहिले नै स्वीकृत भैसकेको "ब्लुप्रिन्ट प्रकाशन" अनुरोधहरु रद्द गर्ने / हटाउने पूर्ण अधिकार नापी र / वा नापी एपका विकासकर्ताहरूमा निहित हुनेछ ।

❍ यहाँ प्रस्तुत ब्लुप्रिन्टहरू, नापी एपका प्रयोगकर्ता र / वा विकासकर्ताहरूद्वारा योगदान गरिएका हुन् । तपाईंले ब्लुप्रिन्टहरूको सूचीबाट प्रत्येक ब्लूप्रिन्टको योगदानकर्ताको बारेमा जानकारी लिन सक्नुहुनेछ ।

❍ यहाँ प्रस्तुत ब्लुप्रिन्टहरू आधिकारिक मानिने छैनन् / हुन सक्दैनन् । यी ब्लुप्रिन्टहरू अद्यावधिक नहुन सक्छन् र केवल जानकारीमूलक / अवलोकन उद्देश्यको लागि मात्र प्रयोग गर्न सकिन्छन् । कुनै पनि घटना / परिस्थितिमा, यहाँ प्रस्तुत ब्लुप्रिन्टहरू कुनै पनि ठाउँमा आधिकारिक रेकर्डको रूपमा प्रस्तुत गर्न / प्रयोग गर्न सकिँदैनन् ।

❍ यहाँ प्रस्तुत कुनै पनि ब्लूप्रिन्टको प्रयोग गरी प्राप्त गरिएको क्षेत्रफललाई आधिकारिक मानिने छैन । यहाँ प्रस्तुत कुनै पनि ब्लूप्रिन्टको प्रयोग गरी प्राप्त गरिएको क्षेत्रफल केवल जानकारीमूलक उद्देश्यको लागि हो र त्यसले अनुमानित क्षेत्रफल / परिधि मात्र प्रतिनिधित्व गर्दछ।

❍ एकपटक "ब्लुप्रिन्ट प्रकाशन" अनुरोध प्रस्तुत गरिए पछि, यो "ब्लुप्रिन्ट प्रकाशन" अनुरोध "बाँकी-सूची" मा देखाइनेछ र पेशकर्ताको प्रयोगको लागि तुरून्त उपलब्ध हुनेछ ।

❍ यो "ब्लुप्रिन्ट प्रकाशन" अनुरोध स्वीकृत नभए सम्म अरु प्रयोगकर्ताको लागि उपलब्ध हुने छैन ।

❍ "नियमहरु र सर्तहरू / प्रयोगकर्ता सम्झौता" जुनसुकै बेला प्रयोकर्ताहरुलाई अग्रिम जानकारी दिई / नदिई, अद्यावधिक / परिवर्तन गर्न सकिनेछ ।

❍ सामुहिक / सामाजिक मूल्य-मान्यता, गाईड-लाईन् र नापी एपका नीतिहरुको पालना नगर्ने प्रयोगकर्ताहरुलाई जुन सुकै बेला अग्रिम सूचना दिई / नदिई नापी एपमा भएको सुविधाहरु प्रयोग गर्नबाट वन्चित गर्न सकिनेछ ।









डाटा उपयोग / गोपनियता नीति


नापी, प्रयोगकर्ताहरुको गोपनियताको सम्मान गर्दछ । प्रमाणीकरण / लग-इन् उदेश्यको लागि "गुगल-साईन" बाट नापीले युसरनेम र इमेल मात्र सङ्कलन गर्दछ ।

❍ प्रयोगकर्ताको अनुमति बिना प्रयोगकर्ता सम्बन्धि जानकारीहरु, नापीले कहिले पनि तेस्रो पक्षलाई उपलब्ध गराउने छैन ।

❍ "डाटा उपयोग / गोपनियता नीति" जुनसुकै बेला प्रयोकर्ताहरुलाई अग्रिम जानकारी दिई / नदिई, अद्यावधिक / परिवर्तन गर्न सकिनेछ ।









एप अनुमतिहरु


नापी एपले प्रयोग गर्ने मूख्य अनुमतिहरु-
1. स्टोरेज:
प्लटर / भू-प्लटर / जग्गा बजार / हिंड र नाप सुविधाहरु प्रयोग गरी विभिन्न प्लट इमेजहरु सुरक्षित गर्न ।
नापी एपको पूर्ण संचालनको लागि चाहिने डाटा फाइलहरु सुरक्षित गर्न ।

2. अवस्थिति / म्याप / गूगल-नक्सा:
म्याप / गूगल-नक्सा देखाउन र तपाईको अहिलेको अवस्थितिबाट प्लटको दूरी देखाउन ।
अन्य म्याप / गूगल-नक्सा सम्बन्धि सुबिधाहरुको उपयोगको लागि ।

3. क्यामेरा:
जग्गा बजार प्लट इमेजमा भएको बार-कोड स्क्यान गरी जग्गा बजार प्लटबारे थप जानकारी पाउन । तपाई सँग जग्गा बजार प्लट इमेज भएको खण्डमा, यो तरिकाले सजिलै जग्गा बजार प्लट खोज्न सकिन्छ ।










यदि तपाईले यो एपमा कुनै पनि त्रुटीहरु भेटाउनु भयो भने, र तपाई आफ्नो अमुल्य सुझाव र प्रतिक्रिया दिन चाहनु हुन्छ भने, तपाईहरु हामीलाई msdevelopers.7@gmail.com मा लेख्न सक्नु हुन्छ ।

तपाइको अमुल्य सुझाव र प्रतिक्रियाले हामीलाई नापी एप अझ राम्रो र उपयोगी बनाउन अवश्य मद्दत पुर्याउनेछ ।





विकासकर्ता
M&S DEVELOPERS
© 2016 - 2025
https://bhlmilan.com.np/naapi
English | नेपाली