परिचय


NaaPI(नापी), M&S Developers (msdevelopers.7@gmail.com) द्वारा निर्मित जग्गा मापन, लम्बाई / क्षेत्रफल रुपान्तरण र अन्य सम्बन्धित कार्यहरु गर्नको लागि बनाईएको एउटा एन्द्रोइड एप हो । नापी एप केवल नेपाल भित्र मात्र प्रयोग गर्न सकिने नभई, नापी एप विश्व भरि जहाँ भएपनि प्रयोग गर्न सकिन्छ । नापी एपमा नेपालमा प्रचलित स्थानीय लम्बाई / क्षेत्रफलका एकाईहरु समावेश भएपनि, नापी एप अन्य देशका प्रयोगकर्ताहरुको लागि पनि अति नै उपयोगी छ, साथै सेतिङ्गहरु मार्फत सजिलै आफूलाई चाहिने अनुकूल नापी एप भित्र प्रयोग हुने एकाईहरु परिवर्तन गर्न सकिन्छन् ।

हालको भर्सन: 11.0.0

इतिहास


नापी एप '१५/१६ (इश्वी सम्बत्) सालमा पहिलो पटक गूगल प्ले-स्टोरमा प्रकाशित भएपछि, समय क्रम अनुसार धेरै पल्ट विकसित / परिवर्तित भएको छ । प्रयोगकर्ताहरुको अनुरोधका साथ-साथै अन्य धेरै फिचर / सुविधाहरु त्यसै अनुसार थप गरी नापी एप झन् प्रयोग र फिचरका हिसाबले प्रयोगकर्ताहरु माझ थप लोकप्रिय बन्न सफल भएको छ । नापी एप हाल पनि अन्य फिचरहरुको विकास कै चरणमा छ र भविष्यमा थप परिष्कृत हुनेछ ।

परिवर्तन इतिहास(Change Log)


हाम्रो एपको विकास क्रमका परिवर्तन इतिहास(Change Log) हेर्नुहोस् ।

फिचरहरु



हाम्रो गोपनियता नीति पढ्नुहोस् ।







यदि तपाईले यो एपमा कुनै पनि त्रुटीहरु भेटाउनु भयो भने, र तपाई आफ्नो अमुल्य सुझाव र प्रतिक्रिया दिन चाहनु हुन्छ भने, तपाईहरु हामीलाई msdevelopers.7@gmail.com मा लेख्न सक्नु हुन्छ ।

तपाइको अमुल्य सुझाव र प्रतिक्रियाले हामीलाई नापी एप अझ राम्रो र उपयोगी बनाउन अवश्य मद्दत पुर्याउनेछ ।





विकासकर्ता
M&S DEVELOPERS
© 2016 - 2025
https://bhlmilan.com.np/naapi
English | नेपाली